Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति कुवेतबाट पक्राउ

इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति कुवेतबाट पक्राउ

बुधवार , भाद्र ११, २०८२

काठमाडौं । मानव बेचबिखन तथा ओसार पसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति कुवेतबाट पक्राउ परेका छन्।

सुर्खेत भेरीगंगा नगरपालिका-२ सप्तरी समाझिंघाका कृष्ण सुनारलाई इन्टरपोलको सहयोगमा कुवेतबाट पक्राउ
गरिएको प्रहरीले जनाएको छ।

उनलाई आज नै नेपाल ल्याइँदैछ। फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि एनसीबी काठमाडौँको अनुरोधमा इन्टरपोल महासचिवालयबाट गत चैत २५ गते रेड नोटिस जारी भएको थियो।

कारबाहीका लागि सुर्खेत प्रहरीमा बुझाइने प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077