Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सरकारी वकिल कार्यालयबाटै हाजिरी जमानीमा छुटे एमाले नेता महर

सरकारी वकिल कार्यालयबाटै हाजिरी जमानीमा छुटे एमाले नेता महर

बुधवार , भाद्र ११, २०८२

काठमाडौँ । गालीबेइज्जती र चरित्र हत्या प्रकरणमा पक्राउ परेका नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर हाजिरी जमानीमा रिहा भएका छन्।

महरसँगै उनकी पत्नी सनुजा श्रेष्ठलाई पनि सरकारी वकिल कार्यालयले हाजिरी जमानीमै रिहा गरेको छ।

साइबर ब्युरोका अनुसार एक महिलाले महरविरुद्ध हुलाकमार्फत उजुरी दिएकी थिइन्। त्यसपछि सोमबार महरविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो।

पुर्जीबारे जानकारी पाएलगत्तै उनी आफैं अनुसन्धानमा सहयोग गर्ने भन्दै ब्युरोमा उपस्थित भएका थिए।

यसअघि महरले पनि सो महिलाविरुद्ध गालीबेइज्जतीको उजुरी दिएका थिए।

महरसँगै उपस्थित भएकी उनकी पत्नी सनुजा श्रेष्ठविरुद्ध पनि छुट्टै उजुरी परेको थियो। उनलाई समेत सरकारी वकिल कार्यालयले हाजिरी जमानीमै रिहा गरेको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077