Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

बर्दीमै 'मेरो जागिर खाने भए खाऊँ' भन्दै असन्तुष्टि पोख्ने प्रहरी जवानको भिडियो भाइरल !

बर्दीमै 'मेरो जागिर खाने भए खाऊँ' भन्दै असन्तुष्टि पोख्ने प्रहरी जवानको भिडियो भाइरल !

बुधवार , भाद्र ११, २०८२

काठमाडौं । सामाजिक सञ्जाल फेसबुक, ट्वीटर र टिकटकमा केही दिनदेखि नेपाल प्रहरीका एक जवानको भिडियो भाइरल बनेको छ । करिब ३७ सेकेन्डको भिडियोमा नेपाल प्रहरीका जवान माधवप्रसाद भुगाईले खुला रूपमा आफ्ना पीडा र असन्तुष्टि पोखेका हुन् ।

प्रहरीकै बर्दीमा खिचिएको उक्त भिडियोमा उनले प्रहरी सेवाभित्र पावर हुने र नहुनेबीचको भेदभावबारे प्रश्न उठाएका छन् । 'पावर हुनेले फ्याट् फ्याट्ट बढुवा हुने, जहाँ भन्यो त्यही सरुवा हुने । पावर नहुनेको त केही पनि नहुने ?' भन्दै उनले प्रहरी सेवाको संरचनात्मक कमजोरीप्रति आक्रोश व्यक्त गरे ।

भुगाईले भिडियोमै आफ्नो परिचय दिँदै भनेका छन्, “म नेपाल प्रहरीको प्रहरी जवान माधवप्रसाद भुगाई, जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत छु । मेरो जागिर खाने भए खाउ, तर यदि पावर हुनेको लागि मात्रै हो भने मलाई यस्तो जागिर खानु छैन ।”

उनको यो भिडियो फेसबुक, ट्वीटरदेखि टिकटकसम्म तीव्र गतिमा फैलिएको छ । अहिले उनको अभिव्यक्तिमा प्रशंसा र बहस दुवै चलेको छ । तर सुरक्षा निकायभित्र बर्दीमै यस्तो खुलेर अभिव्यक्ति दिनु चुनौतीपूर्ण मानिन्छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले पनि भिडियोमा देखिएका व्यक्ति प्रहरी जवान नै भएको पुष्टि गरेको छ । उनीमाथि बाँके प्रहरीले सोधपुछ गरिरहेको छ ।

यस घटनाले प्रहरी संगठनभित्रको विकृती, पदोन्नति प्रणाली र पावर खेलबारे व्यापक बहस जन्माएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077