Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

जिप दुर्घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे डीआईजी बिक, लिए स्वास्थ्य अवस्थाबारे जानकारी

जिप दुर्घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे डीआईजी बिक, लिए स्वास्थ्य अवस्थाबारे जानकारी

बिहिवार , भाद्र १२, २०८२

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) डम्बर बहादुर बिकले डडेल्धुरामा भएको जिप दुर्घटनामा घाइते भएका यात्रुलाई अस्पतालमै पुगेर भेट गरेका छन् ।

उनले घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै शीघ्र स्वास्थ्यलाभको शुभकामना दिएका छन्।

बिहीबार बिहान डडेल्धुरा जिल्लाको नवदुर्गा गाउँपालिका–५ चौड भित्री सडक खण्डमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको थियो भने चालकसहित ६ जना घाइते भएका थिए ।

घाइतेमध्ये एक जनाको उपचार डडेल्धुरा अस्पतालमै भइरहेको छ भने बाँकी पाँच जनालाई थप उपचारका लागि धनगढी रिफर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077