कपिलवस्तु । कपिलवस्तु नगरपालिका–१० पचेहरा हाट बजार नजिक बिहीवार साँझ सडकभित्र दबिएको बिस्फोटक पदार्थ विस्फोट हुँदा मुख्य सडक खण्ड क्षतिग्रस्त भएको छ ।
प्रहरीका अनुसार साँझ करिब ६ बजेर १० मिनेटतिर ठूलो आवाजसहित बम विस्फोट भएको हो ।
विस्फोटका कारण सडकमा करिब १० फिट गहिरो र चार फिट चौडा खाल्टो बनेको छ ।
मानवीय क्षति भने भएको छैन । प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरिसकेको बताइएको छ ।