Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

मधेसका पूर्वप्रमुख अहिराज थुनामै रहने, उच्च अदालतले गर्‍यो जिल्लाको आदेश सदर

मधेसका पूर्वप्रमुख अहिराज थुनामै रहने, उच्च अदालतले गर्‍यो जिल्लाको आदेश सदर

बिहिवार , भाद्र १२, २०८२

काठमाडौं । मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश झा (राजेश अहिराज) लाई पुपर्क्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेश उच्च अदालत पाटनले सदर गरेको छ।

उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवर र न्यायाधीश खडानन्द तिवारीको इजलासले जिल्ला अदालतको थुनामा पठाउने आदेशलाई वैध ठहर गरेको हो । अहिराजविरुद्ध एक महिलाले ०८१ जेठ ४ गते आफ्नै डेरामा बलात्कार गरेको आरोप लगाएकी थिइन्।

अहिराज जिल्ला अदालतको निर्णयविरुद्ध निवेदन लिएर उच्च अदालत पुगेका थिए । उनी गत साउन ४ गते पक्राउ परेका थिए र प्रहरी प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालय काठमाडौँले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

जिल्ला अदालतले न्यायाधीश पिताम्बर शर्माको इजलासमार्फत गत साउन १४ गते उनलाई थुनामा पठाउने आदेश दिएको थियो। त्यसयता अहिराज डिल्ली बजार कारागारमा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077