काठमाडौं । विशेष अदालतको अध्यक्षमा उच्च अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले न्याय परिषद्को सिफारिसका आधारमा भट्टलाई अध्यक्ष नियुक्त गरेको हो ।
गत साउन ३० गतेको न्याय परिषद् बैठकले विशेष अदालतको अध्यक्षमा भट्टसहित चार नयाँ सदस्यको नाम सिफारिस गरेको थियो । कानुनअनुसार विशेष अदालतका अध्यक्ष र सदस्यहरू न्याय परिषद्को परामर्शमा सरकारबाट सिफारिस हुन्छन् ।
त्यस्तै, उच्च अदालतको वीरगञ्ज इजलासका न्यायाधीश नारायणप्रसाद पौडेल, उच्च अदालत सुर्खेतका न्यायाधीश हेमन्त रावल, जुम्ला इजलासका न्यायाधीश डिल्लीरत्न श्रेष्ठ र वीरगञ्ज इजलासका न्यायाधीश उमेश कोइरालालाई सदस्य तोकिएका छन् ।
भट्ट न्याय परिषद्को सिफारिसमा उच्च अदालत जनकपुरबाट विशेष अदालतमा सरुवा भएका थिए ।
विशेष अदालतका अध्यक्ष र सदस्यहरू न्यायपरिषद्को परामर्शमा सरकारले तोक्ने कानुनी व्यवस्था छ ।