Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

आईजीपी थापाले गरे सेवा निवृत्त एआईजी शर्मालाई बिदाइ

आईजीपी थापाले गरे सेवा निवृत्त एआईजी शर्मालाई बिदाइ

शुक्रवार , भाद्र १३, २०८२

काठमाडौं । प्रहरी सेवाबाट सेवा निवृत्त हुन लागेका प्रहरी अतिरिक्त महानिरीक्षक कृष्ण हरि शर्मालाई बिदाइ गरिएको छ । शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच प्रहरी महानिरीक्षक दिपक थापाले एआईजी शर्मालाई बिदाइ गरेका हुन् ।

बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक शर्माले संगठनबाट सुम्पिएको जिम्मेवारी उच्च व्यावसायिकता, संगठनप्रतिको निष्ठा, लगनशीलता र इमानदारीताका साथ सम्पन्न गरेको चर्चा गरे ।

सो अवसरमा प्रहरी महानिरीक्षक दिपक थापाले सेवानिवृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक कृष्ण हरि शर्मालाई मायाको चिनो प्रदान गरे ।

कार्यक्रममा सेवा निवृत्त हुन लागेका प्रहरी अतिरिक्त महानिरीक्षक कृष्ण हरि शर्माले आफ्नो सेवा अवधिमा गरेका कार्यहरूको अनुभव सहितको मन्तव्य व्यक्त गरेका थिए ।

शर्मा वि.सं. २०५२ कात्तिक २७ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका थिए । प्रहरी अतिरिक्त महानिरीक्षक शर्मा उमेर हदका कारण भदौ १५ गतेबाट सेवा निवृत्त हुन लागेका हुन् ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077