एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन शंघाई सहयोग संगठन (एससीओ) को मञ्चमा एकसाथ देखिएका छन् ।
मोदीले सामाजिक सञ्जालमा सार्वजनिक गरेको तस्वीरमा तीनै नेताहरू एकअर्काको हात समातेको देखिन्छ ।
सोही क्रममा मोदीले पुटिनलाई अँगालो हाल्दै मित्रतापूर्ण भाव प्रकट गरेका छन् ।
प्रधानमन्त्री मोदीले आजै पुटिनसँग द्विपक्षीय भेटवार्ता गर्ने तय भएको छ । यसअघि आइतबार उनले राष्ट्रपति जिनपिङसँग समेत छुट्टै वार्ता गरेका थिए।