Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

जनमत पार्टीको राष्ट्रिय परिषद् समन्वय बैठक भदौ ३० देखि

जनमत पार्टीको राष्ट्रिय परिषद् समन्वय बैठक भदौ ३० देखि

बुधवार , भाद्र १८, २०८२

काठमाडौं । जनमत पार्टीको राष्ट्रिय परिषद् समन्वय बैठक तथा प्रशिक्षण यही भदौ अन्तिमदेखि सुरु हुने भएको छ । उक्त बैठक तथा प्रशिक्षण ३० भदौदेखि ५ असोजसम्म सञ्चालन हुनेछ ।

बाँकेबाट सुरु हुने समन्वय बैठक तथा प्रशिक्षण कार्यक्रम बर्दिया, कञ्चनपुर, कैलाली, नवलपरासी, रुपन्देही र कपिलवस्तुमा आयोजना हुने पार्टीका केन्द्रीय प्रवक्ता शरद् सिंह यादवले  जानकारी दिए ।

उनका अनुसार सो कार्यक्रममा राष्ट्रिय परिषद् अध्यक्ष तथा संगठन विभाग प्रमुख डा. जयकान्त राउत र परिषद्का सदस्य, प्रदेश सदस्य, जिल्ला इन्चार्ज, पालिका र वडाध्यक्ष तथा सचिवहरूको उपस्थिति रहनेछ ।

प्रवक्ता यादवले आज बैठकबारे सूचना जारी गर्दै अनिवार्य रूपमा तीनपटक बैठक बसेको विस्तृत जानकारी भएको विवरणको फोटोकपीसहित उपस्थित हुन संगठन विभाग प्रमुख, प्रदेश सदस्य, जिल्ला इन्चार्ज, पालिका प्रमुख, वडाध्यक्षलगायत सबैलाई अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077