काठमाडौं । नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि राष्ट्रियसभाबाट आएको संशोधन प्रतिनिधिसभाबाट बहुमतले स्वीकृत गरेको छ ।
सभाको बुधबारको बैठकले राष्ट्रियसभाबाट आएको संशोधनलाई बहुमतले स्वीकृत गरेको हो ।
यसअघि सभाको बैठकमा गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
छलफल सहभागी हुँदै सांसदहरूले विधेयक पास भएपछि नागरिकता प्राप्तिका क्रममा नागरिकले भोग्नुपरेका विद्यमान समस्याहरू हटेर जाने विश्वास व्यक्त गरे ।