काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण सकेर स्वदेशका लागि प्रस्थान गरेका छन् ।
उनी बुधबार साँझ ६ बजे (चिनियाँ समय अनुसार) बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालका लागि प्रस्थान गरेका हुन् ।
चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओली लगायतका अधिकारीहरूले प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डललाई विमानस्थलबाट बिदाइ गरे ।
जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सांघाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुन चीन गएका प्रधानमन्त्री ओली आज स्वदेश फर्किन लागेका हुन् ।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ओली यही भदौ १४ गते चीनको तियानजिनतर्फ प्रस्थान गरेका थिए ।