काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको लागि औपचारिक निम्तो दिएका छन्।
चीनको तियानजिनमा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले पुटिनलाई नेपाल आउने निम्तो दिएका हुन्।
परराष्ट्रसचिव अमृतबहादुर राईका अनुसार भेटमा दुई नेताबीच रुसी सेनामा नेपालीहरूको सहभागिता सम्बन्धी विषयमा समेत छलफल भएको छ। यी संवेदनशील विषयहरू कूटनीतिक माध्यममार्फत समाधान गर्ने सहमति भएको उनले बताए ।
त्यस्तै, वार्तामा नेपाल–रुस सम्बन्धलाई अझ प्रगाढ बनाउने उपायबारे छलफल गरिएको थियो। दुई देशबीच सिधा हवाई उडान सञ्चालन गर्ने सम्भावना समेत छलफलको केन्द्रमा रहेको परराष्ट्रसचिव राईले जानकारी दिए।