Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

सरकारविरुद्ध सडक संघर्षको तयारी थाल्ने माओवादीको निर्णय

सरकारविरुद्ध सडक संघर्षको तयारी थाल्ने माओवादीको निर्णय

बिहिवार , भाद्र १९, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारविरुद्ध सडक संघर्षको तयारी थाल्ने निर्णय गरेको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले वर्षायाम र चाडबाड सकिएपछि सडक संघर्ष सुरु गर्ने गरी तयारी गरेको हो ।

प्रवक्ता अग्निप्रसाद सापकोटाले भने-'सरकारले जनताका मागहरू सम्बोधन गरेको पनि छैन । सुशासनको मामला कमजोर भएको छ, भ्रष्टाचार झन्झन् बढेको छ । यस परिस्थितिमा अहिले वर्षा पनि छ र चाडबाड पनि चाँडै आउँदैछ । अब सडक संघर्षको तयारी गर्नुपर्छ । संविधानले व्यवस्था गरेको लोकतान्त्रिक गणतन्त्रात्मक समाजवाद र त्यसको साथसाथै समाजवादउन्मुख राज्यव्यवस्थाका स्वरूपहरू र त्यसका प्रष्ट दृष्टिकोणका बारेमा अब जनमत सिर्जना गर्दै जाने र भोलि हुने संघर्षमा त्यसलाई जोड्ने ।'

प्रवक्ता सापकोटाका अनुसार बैठकले मध्यपहाडी लोकमार्गमा २१ भदौदेखि पार्टीको अभियान पुनः सुरु गर्ने निर्णय समेत गरेको छ ।

यस्तै पार्टीको अनुशासन, गुट-उपगुट अन्त्य गर्ने लगायतका विषयमा पनि छलफल भएको तर निर्णय नभएको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077