Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

सामाजिक सञ्जाल बन्द गर्नु घोर आपत्तिजनक, तुरुन्त सच्याउनू : शेखर कोइराला

सामाजिक सञ्जाल बन्द गर्नु घोर आपत्तिजनक, तुरुन्त सच्याउनू : शेखर कोइराला

बिहिवार , भाद्र १९, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका छन् ।

सामाजिक सञ्जाल एक्समार्फत् अदालतको आदेशको बहानामा सामाजिक सञ्जाल बन्द गर्नु घोर आपत्तिजनक रहेको बताएका हुन् ।

नेता कोइरालाले जनचाहना र आफ्नै प्रतिबद्धता अनुरूप काम गर्न नसकेपछि आलोचना खेप्न बाध्य भएको सरकारले सामाजिक सञ्जाल बन्द गरेको बताए ।

‘यस निर्णयका कारण कति नेपालीको रोजीरोटी समेत खोसिन्छ यो अन्दाज सरकारले लगाउन सक्छ ?’, कोइरालाले लेखेका छन्, ‘यस्तो कदम तुरुन्त सच्याउन र सामाजिक सञ्जाललाई मर्यादित गर्नेगरि नियमन गर्न म आग्रह गर्दछु ।’

अन्तिमपटक एक हप्ताको समयसीमा दिँदा समेत फेसबुक, एक्स, युट्युब लगायतका सामाजिक सञ्जाल सूचीकरण हुन नआएपछि सरकारले बिहीबारदेखि निष्क्रिय पारेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077