Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति बाँस्कोटाको कटाक्ष - सरकारले उत्तर कोरिया बनाउन खोज्यो

सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति बाँस्कोटाको कटाक्ष - सरकारले उत्तर कोरिया बनाउन खोज्यो

बिहिवार , भाद्र १९, २०८२

काठमाडौं । सत्तारूढ नेकपा एमालेका नेता तथा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति कडा आपत्ति जनाएका छन् ।

बास्कोटाले सरकारको कदमलाई उत्तर कोरियासँग तुलना गर्दै यो निर्णय अभिव्यक्ति स्वतन्त्रता नियन्त्रण गर्ने प्रयास भएको टिप्पणी गरेका हुन्।

फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले भनेका छन्, “नियमनको प्रविधिको प्रबन्ध मिलाउने र कानुन बनाउने भनेथेँ मैले। तर, सरकारले नर्थ कोरिया पो बनाउने भएछ। विकृति अन्त गर्न सूचनामा बिर्को लगाउने हैन नि।”

उनले आफ्नो कार्यकालमा सामाजिक सञ्जाल नियमनका लागि कानुन र प्राविधिक संयन्त्र आवश्यक रहेको प्रस्ताव गरेको स्मरण गर्दै भने, सूचना नै रोक्ने काम समाधान नभएको स्पष्ट छ।

सरकारले हालै २६ वटा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि विभिन्न पक्षबाट आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077