Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

ज्ञानेन्द्र शाही भन्छन् - सामाजिक सञ्जाल बन्द गर्ने निर्णय निरंकुशताको पराकाष्ठा

ज्ञानेन्द्र शाही भन्छन् - सामाजिक सञ्जाल बन्द गर्ने निर्णय निरंकुशताको पराकाष्ठा

बिहिवार , भाद्र १९, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयलाई निरंकुशताको पराकाष्ठा भनेका छन् ।

उनले बिहीबार साँझ सामाजिक सञ्जाल फेसबुक लाइभमार्फत यस्तो भनेका हुन् ।

सामाजिक सञ्जाल बन्द गर्नुलाई सरकारले आफ्नो पतनको बाटो रोजेको संकेतका रूपमा लिएका शाहीले सरकार नागरिकको आवाज दबाउन खोजिरहेको आरोप लगाए । उनका अनुसार यस्तो कदमले जनआक्रोशलाई झन् चर्काउनेछ।

शाहीले अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार र सरकारको कमजोरीलाई लुकाउने प्रयासका रूपमा यो निर्णयलाई व्याख्या गर्दै भने, “सरकार आफ्ना आलोचना सुन्न डराएको छ, त्यसैले सूचनामा बन्धन लगाउन खोज्दैछ ।”

राजनीतिक विश्लेषक र नागरिक समाजका अगुवाहरूले पनि सरकारको कदमलाई अलोकतान्त्रिक र निरंकुश भनेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077