Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

बाबुराम भट्टराई भन्छन् - सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउनु मूर्खतापूर्ण हर्कत

बाबुराम भट्टराई भन्छन् - सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउनु मूर्खतापूर्ण हर्कत

बिहिवार , भाद्र १९, २०८२

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय अलोकतान्त्रिक र अदूरदर्शी भएको टिप्पणी गरेका छन् ।

बिहीबार सरकारले उक्त निर्णय गरेसँगै सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका उनले यस्तो टिप्पणी गरेका हुन् । उनले लहडी कदमले जनताको मौलिक हकलाई कुण्ठित गर्ने बताए ।

डा. भट्टराईले अहिलेको सूचना र सञ्चारको युगमा नियमनका अन्य उपयुक्त उपायहरू हुँदाहुँदै आवेगात्मक र मन्त्रीस्तरीय निर्णयबाट प्रतिबन्ध लगाइनु गलत भएको धारणा राखे ।

‘सामाजिक संजाल प्लाटफर्महरूलाई आवेगात्मक ढंगले मन्त्रीस्तरीय निर्णयद्वारा बन्द गरिनु सरकारको अलोकतान्त्रिक, अदूरदर्शी र प्रतिगमनकारी कदम हो,’ उनले लेखेका छन्।

डा। बाबुराम भट्टराईले यो कदमले जनताको अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता र सूचनाको हकसमेत खोसिएको टिप्पणी गरे। सरकारको यस्तो कदमलाई उनले ‘मूर्खतापूर्ण हर्कत’ को संज्ञा दिँदै निन्दा गरे ।

‘आफ्नै आँखामा पट्टी बाँधेर सूर्यलाई छेक्न खोज्ने सरकारको यस्तो मूर्खतापूर्ण हर्कत निन्दनीय छ,’ डा. भट्टराईले भने । यो निर्णयको अहिले चौतर्फी विरोध भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077