Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

सभापति चयन गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दै

सभापति चयन गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दै

शुक्रवार , भाद्र २०, २०८२

काठमाडौं । संघीय संसद्को संसदीय सुनुवाइ समिति (संयुक्त), २०८० को बैठक आज बस्दै छ ।

कानुन, न्याय तथा मानव अधिकार समितिको हलमा साँझ सवा ५ बजे बैठक बस्न लागेको हो । समितिको बैठकमा सभापतिको निर्वाचनका सम्बन्धमा प्रक्रियाअगाडि बढाउने कार्यसूची छ ।

उक्त समितिको सभापति ईश्वरीदेवी न्यौपानेले राजीनामा दिई राज्य व्यवस्था तथा सुशासन समितिको सभापति निर्वाचित भएपछि सभापति पद रिक्त छ । सोही समितिको सभापति चयनका लागि बैठक बोलाइएको हो ।

समितिको सभापति पदमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा निर्विरोध भइसकेका छन् । संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जारी गरेको विज्ञप्तिअनुसार, बिहीबार दिउँसो २ देखि ४ बजेसम्म दिएको समयावधिमा खतिवडाको एकल उमेदवारी परेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077