Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

एमाले विधान महाधिवेशनमा थापाको फरक मत : ७० वर्षे उमेरहद कायम होस्, विद्या भण्डारीलाई निष्क्रिय नगर्नू

एमाले विधान महाधिवेशनमा थापाको फरक मत : ७० वर्षे उमेरहद कायम होस्, विद्या भण्डारीलाई निष्क्रिय नगर्नू

शुक्रवार , भाद्र २०, २०८२

काठमाडौं । आजदेखि गोदावरीमा सुरु हुने नेकपा एमाले विधान महाधिवेशनमा स्थायी कमिटी सदस्य कर्ण थापाले फरक मत पेश गर्ने भएका छन्।

थापाले दर्ता गरेको फरक मतमा ७० वर्षे उमेरहद कायम राख्नुपर्ने, पदाधिकारीका लागि दुई कार्यकालको सीमा तोक्नुपर्ने, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता निष्क्रिय गर्न नहुने र पार्टी कमिटीहरू लोकतान्त्रिक ढंगले चयन हुनुपर्ने जस्ता विषयहरू समेटिएका छन्।

बिहीबार पार्टी कार्यालयमा थापाले आफ्नो फरक मत औपचारिक रूपमा दर्ता गरेका थिए। सोही दिन बसेको सचिवालय बैठकले उनको प्रस्ताव स्वीकृत गर्दै महाधिवेशनमा छलफलका लागि लैजाने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

विशेषगरी एमालेभित्र भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नहुने भनिरहेका बेला थापाले भने “विद्या भण्डारीलाई रोक्नु पार्टी र लोकतान्त्रिक मूल्यका लागि उचित होइन” भन्दै खुलेर समर्थन जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077