काठमाडौं । प्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिसन ०८४ मा एमालेलाई बहुमत ल्याउनबाट कसैले रोक्न नसक्ने बताएका छन् ।
शुक्रबारबाट सुरु भएको पार्टीको दोस्रो विधान महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
ओलीले भने- 'हामी यतिबेला मिसन ०८४ मा छौँ। अबको निर्वाचनमा हामीले एकल बहुमत ल्याउनुपर्दछ कम्तीमा। यदि हामी जनताका बीचमा सक्रियतापूर्वक गयौँ भने हाम्रा सबै कमिटी र कार्यकर्ता परिचालन गरेर गयौँ भने बहुमत ल्याउन कसैले पनि रोक्न सक्दैन यहाँहरूलाई थाहा छ। हामी सरकारमा छौँ। आउँदो निर्वाचन कसैले धाँधली गर्न सक्दैन। हामी सरकारमा छौँ धाँधली रोक्नेछौँ। निष्पक्ष स्वतन्त्र निर्वाचन हुनेछ। यसर्थ सबैलाई यस परिस्थितिलाई ध्यानमा राखेर हाम्रा गतिविधि अघि बढाउन जरुरी छ।'
सरकारमा रहेकाले एमालेले निर्वाचनमा धाँधली हुन नदिने र बहुमत ल्याउने प्रधानमन्त्री ओलीले बताए।
उनले सोही निर्वाचनमा बहुमत ल्याउने पार्टीको संकल्पअनुसार अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।