Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

एलन मस्कको कम्पनी एक्स र हाम्रो पात्रोले पनि सूची दर्ताका लागि सरकारसँग माग्यो कागजात

एलन मस्कको कम्पनी एक्स र हाम्रो पात्रोले पनि सूची दर्ताका लागि सरकारसँग माग्यो कागजात

शुक्रवार , भाद्र २०, २०८२

काठमाडौं । सरकारले दार्ता नहुने सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि अमेरिकी धनाढ्य एलन मस्कको कम्पनी एक्स (ट्वीटर) सम्पर्कमा आएको छ।

एक्स कम्पनीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूची दर्ताका लागि सम्पर्क गरेको मन्त्रालयले जनाएको छ ।

शुक्रबार एक्स कम्पनी आधिकारिक रूपमा सरकारको सम्पर्कमा आएको बताउँदै मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरले हाम्रो पात्रोले पनि सूची दर्ताका लागि निवेदन दिएको जानकारी गराएका छन् ।

मन्त्रालयका अनुसार हाम्रो पात्रोले बिहीबार साँझ सूची दर्ताका लागि सम्पर्कमा आएको हो।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सर्वोच्चको आदेश र मन्त्रिपरिषद्को निर्णय बमोजिम २६ वटा सामाजिक सञ्जाललाई बन्द गर्न निर्देशन दिएको थियो। त्यसको कार्यान्वयन गर्दै दूरसञ्चार प्राधिकरणले ती सामाजिक सञ्जालहरू निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको थियो।

यसअघि सरकारले बन्द गराउने निर्णय गरेकै दिन विहिबार फेसबुक सञ्चालन गर्ने कम्पनी मेटाले नेपाल सरकारसँग सम्पर्क गर्दै दर्ता प्रक्रियाबारे सोधपुछ गरेको थियो ।

विहिबार मेटाले नेपालमा दर्ता हुन के के गर्नुपर्छ, दर्ता प्रक्रियाको प्रावधान के छ भनेर विवरण मागेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077