पोखरा । नेकपा माओवादी केन्द्रले मध्यपहाडी लोकमार्ग अभियान पुनः सुरु भएको छ। जेठ २ गते बैतडीको पाटनबाट सुरु भएर बर्खाको समयमा रोकिएको अभियान पुन: थालिएको हो।
बर्खाको मौसमका कारण जेठ १२ गते पोखरामा स्थगित गरिएको अभियान पोखराबाटै आज देखि सुरु गरिएको हो। अभियान लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरू पोखरा पुगेका छन्।

साउन १६ र १७ गते बसेको पार्टीको स्थायी समिति बैठकको निर्णअनुसार बाँकी जिल्लामा भदौँ २१ देखि सुरु गर्ने निर्णय गरेको थियो।