Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

गृहमन्त्री लेखकले गरे बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन

गृहमन्त्री लेखकले गरे बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन

शनिवार , भाद्र २१, २०८२

कञ्चनपुर । गृहमन्त्री रमेश लेखकले आज कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका छन् ।

यसै साता आएको बाढीले जोबगुढा नदीको बाँध भत्किएर बस्ती बाढी पस्दा दोधारा चाँदनी नगरपालिकाका पटराखल्ला, सुन्दरबस्ती रामपुरे टापु र जर्गाका ५७ घर डुबानमा परेका थिए भने एक सय ५० बढी नागरिक विस्थापित भएका थिए।

उक्त बाँध भत्किएको क्षेत्रको स्थलगत अवलोकन गर्दै गृहमन्त्री लेखकले जोगबुढा नदीबाट बस्ती जोगाउन चालु आर्थिक वर्षमा तटबन्ध निमार्ण गर्नेगरी बजेट विनियोजन भइसकेको जानकारी दिए ।

यसैबीच, गृहमन्त्री लेखकसँग बाढी विस्थापित नागरिकले गृहमन्त्री लेखकसँग सरकारले राहतभन्दा पनि बस्ती जोगाउन तटबन्ध निर्माण गर्नुपर्ने माग गरेका छन्।

जोगबुढा नदीको बाढीले दोधारा चाँदनी नगरपालिका–८ स्थित रामपुरे टोल र जर्गा टोलका २५ घर डुबानमा परेका छन् । त्यसैगरी दोधारा चाँदनी–३ स्थित पटराखल्लाका १५ घर र दुईवटा सशस्त्र प्रहरीका बिओपीसमेत विस्थापित भएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077