Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

नारायणकाजी श्रेष्ठ भन्छन् - राजनीतिक स्थिरताका लागि संविधान संशोधन अपरिहार्य

नारायणकाजी श्रेष्ठ भन्छन् - राजनीतिक स्थिरताका लागि संविधान संशोधन अपरिहार्य

शनिवार , भाद्र २१, २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपालमा राजनीतिक स्थिरताका लागि संविधान संशोधन अपरिहार्य रहेको बताएका छन् ।

गोरखाको पालुङटार नगरपालिका–८ स्थित धुवाकोटमा आज नेवा समाजले आयोजना गरेको लाखेनाच प्रतियोगिताको उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले संविधान संशोधन, सुशासन र राजनीतिक शुद्धिकरणले मात्र राजनीतिक स्थिरता कायम हुने धारणा राखे।

“पछिल्लो राजनीतिक परिवर्तनले लोकतान्त्रिक गणतन्त्र स्थापन भए पनि जनताले अपेक्षा गरेअनुसार अझै जीवनस्तर फेर्न सकिएको छैन”, उनले भने, “देशलाई स्थिर दिशामा अगाडि बढाउन संविधान संशोधन, सुशासन र राजनीतिक शुद्धिकरण अपरिहार्य छ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077