काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले प्रधानमन्त्री केपी शर्माओली र गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ ।
पार्टीको केन्द्रीय सचिवालयको सोमबार बसेको आकस्मिक बैठकले प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा मागेको हो ।
प्रवक्ता प्रकाश ज्वालाले भने- 'यो हद भयो । अहिले नै तत्कालै आन्दोलनकारीका माग सम्बोधन गर सरकार ! सामाजिक सन्जाल खुला गर यति धेरै जनताको ज्यान लिने प्रधानमन्त्री र गृहमन्त्री अब पदमा बसिरहन मिल्दैन । प्रधानमन्त्री र गृहमन्त्री तुरुन्त राजीनामा देउ !! सरकार हिंसात्मक दमनमा उत्रिएको छ। केही युवाको ज्यान गएको छ भने सयौँ घाइते भएका छन् । मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ । घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरूको तत्काल उपचारको व्यवस्था गरियोस्।
बैठकले सामाजिक सन्जाल बन्द गर्ने, बोल्ने र प्रश्न गर्ने अधिकार नियन्त्रण गर्ने सरकारको अभिव्यक्ति स्वतन्त्रता विरोधी गलत निर्णयको निन्दा र विरोध गरेको छ ।