Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

माओवादीको आकस्मिक बैठक : जनजागरण अभियान स्थगित, सामाजिक सञ्जाल खोल्न माग

माओवादीको आकस्मिक बैठक : जनजागरण अभियान स्थगित, सामाजिक सञ्जाल खोल्न माग

सोमवार , भाद्र २३, २०८२

काठमाडौं । जेनजी पुस्ताको देशव्यापी प्रदर्शन र राजनीतिक अस्थिरतालाई मध्यनजर गर्दै नेकपा माओवादी केन्द्रका उपलब्ध पदाधिकारीहरूको आकस्मिक बैठक भिमसेनथापा गाउँपालिका–३, टारिफाटमा बसेको छ ।

बैठकले जारी जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियान तत्काल स्थगित गर्ने र भोलि काठमाडौंमा पूर्ण पदाधिकारी बैठक आह्वान गर्ने निर्णय गरेको हो ।

बैठकले हालैको जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। घटनाले पार्टीलाई स्तब्ध र गम्भीर बनाएको बैठकमा निष्कर्ष निकालिएको छ ।

त्यस्तै, बैठकले जेनजी पुस्ताले उठाएका सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने माग, भ्रष्टाचारविरुद्धका आवाजलाई सरकारद्वारा तत्काल सम्बोधन गर्नुपर्नेमा जोड दिएको छ । साथै, स्थिति थप बिग्रिन नदिन जिम्मेवारीपूर्वक ठोस कदम चाल्न सरकारसमक्ष आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077