Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

रास्वपाले भन्यो - सरकार बर्खास्त गर्नुस्, ताजा जनादेश चाहियो

रास्वपाले भन्यो - सरकार बर्खास्त गर्नुस्, ताजा जनादेश चाहियो

सोमवार , भाद्र २३, २०८२

काठमाडौं । जेनजी आन्दोलनमा भएको व्यापक दमन र जनहानिपछि राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार बर्खास्ती र ताजा जनादेशको माग गरेको छ ।

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले सोमबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीलाई तत्काल राजीनामा दिन चेतावनी दिएका हुन् ।

विज्ञप्तिमा रास्वपाले “देशमा व्याप्त भ्रष्टाचार, कानूनी शासनको अवहेलना र सामाजिक सञ्जाल बन्द गरेर अभिव्यक्ति स्वतन्त्रता खोसिएको” भन्दै आपत्ति जनाएको छ।

निहत्था युवामाथि गरिएको “आमहत्यापूर्ण दमन”को घोर निन्दा गर्दै पार्टीले यसलाई आततायी शासनको उदाहरण भएको टिप्पणी गरेको छ।

रास्वपाले घटनाको सत्यतथ्य छानबिनका लागि उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न र गृहमन्त्रीसहित दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ।

साथै, आन्दोलनमा मारिएका जेनजी युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारलाई आग्रह गरिएको छ।

पार्टीले नेपाली कांग्रेस र एमालेको वर्चस्वमा रहेको वर्तमान संसदलाई “वैधता गुमाएको” भन्दै ताजा जनादेश (अर्ली इलेक्शन) को आवश्यकता औंल्याएको छ। विज्ञप्तिमा भनिएको छ, “आफ्नै सन्तानको रगतमा लतपतिएको शासन अब जनताले सहने छैन, यो आततायी शासनविरुद्ध जनप्रतिवाद हुनेछ।”

रास्वपाले घटनापछि आगामी राजनीतिक कदमबारे छलफल गर्न पार्टी सचिवालयको बैठक निरन्तर जारी रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077