Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

बालुवाटारमा मन्त्रिपरिषद् बैठक

बालुवाटारमा मन्त्रिपरिषद् बैठक

सोमवार , भाद्र २३, २०८२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।

सोमबार साँझ बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बैठक बसिरहेको हो । बैठकमा नियमित कार्यसूचीसँगै ‘जेनजी’ पुस्ताद्वारा भएको आन्दोलन र पछिल्लो हिंसात्मक घटनासम्बन्धी विषयमा गहिरो छलफल भइरहेको छ।

प्रधानमन्त्री सचिवालयका अनुसार, मन्त्रिपरिषद्को बैठकअघि नै राष्ट्रिय सुरक्षा परिषद्को बैठक सम्पन्न भएको थियो ।

उक्त बैठकमा प्रधानमन्त्री ओलीले सुरक्षा स्थिति सम्बन्धी समीक्षा गर्दै सम्बन्धित मन्त्री तथा सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका थिए । जेनजी पुस्ताको प्रदर्शन हिंसात्मक हुँदा हालसम्म गोली लागेर १९ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077