काठमाडौँ । नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले सामाजिक सञ्जाललाई निष्क्रिय गर्ने निर्णय तत्काल फिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् ।
कांग्रेसको पदाधिकारी बैठकमा तय निर्णयको पालना गर्दै सभापति देउवाले प्रधानमन्त्रीलाई फोन गरेका हुन् ।
सहमहामन्त्री जीवन परियारले भने, “पार्टीको निर्णयबारे जानकारी गराउँदै फिर्ता लिन सभापति देउवाले प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको हो।”
कांग्रेसले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयलाई लोकतान्त्रिक अधिकार र अभिव्यक्ति स्वतन्त्रतामा प्रतिकूल असर पर्ने भन्दै विरोध जनाएको सबताइउको छ ।
‘जेनजी’ पुस्ताद्वारा भएको आन्दोलन हिंसात्मक हुँदा १९ जनाको मृत्यु भइसकेको छ भने सयौँ जना उपचाररत छन् ।