काठमाडौँ । सोमबार काठमाडौंमा जेनजी पुस्ताको प्रदर्शनमा १७ र इटहरीमा २ जनाको मृत्यु, साथै ३ सयभन्दा बढी घाइते भएपछि गृहमन्त्री रमेश लेखकले राजीनामा दिने तयारी गरेका छन् ।
कांग्रेसको पदाधिकारी बैठकमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले नैतिकताका आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग उठाएका थिए।
सभापति शेरबहादुर देउवाले यसमा मौन बसेको बेला गृहमन्त्री लेखकले आफैं राजीनामा दिने जानकारी दिएर मन्त्रिपरिषद् बैठकमा पुगेको बताइएको छ ।
त्यसअघि कांग्रेस नेता शेखर कोइरालाले भने गृहमन्त्री मात्र नभएर सम्पूर्ण पार्टीले वर्तमान सरकारबाट अलग हुनुपर्ने बताएका थिए ।
पार्टीभित्र प्रदर्शन र सुरक्षाकर्मीको दमनपछि सरकारको कार्यशैली र जिम्मेवारीबारे असन्तुष्टि बढेको छ ।