काठमाडौँ । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्री लेखकले राजीनामा दिएका हुन् ।
देशभर भइरहेको जेनजी पुस्ताको आन्दोलनका क्रममा हालसम्म २० जनाको ज्यान गएको छ ।
काठमाडौंमा १८ जना र इटहरीमा २ जनाको मृत्यु भएको बताइएको छ ।
कांग्रेस पदाधिकारी बैठकमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरेका थिए । लेखक २०८१ साल असार ३१ मा गृहमन्त्री बनेका थिए ।