Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

जेनजी आन्दोलनको क्षति संकलन गर्दै गृह मन्त्रालय

जेनजी आन्दोलनको क्षति संकलन गर्दै गृह मन्त्रालय

सोमवार , भाद्र २३, २०८२

काठमाडौं । गृह मन्त्रालयले काठमाडौंसहित मुलुकका विभिन्न स्थानमा आज ‘जेनजी’ पुस्ताको आन्दोलनका क्रममा भएका घटनाबारे विवरण सङ्कलन थालेको छ ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले विवरण सङ्कलनको काम भइरहेको र हालसम्म प्रहरीबाट १९ जनाको मृत्यु र दुई सय जना हाराहारीमा घाइते भएको जानकारी आएको बताए ।

आन्दोलनले उग्ररुप लिएपछि काठमाडौं, ललितपुर, रुपन्देही, कास्कीलगायत जिल्लाका संवेदनशील क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ।

प्रदर्शनमा घाइते भएकाहरूको विभिन्न अस्पतालमा उपचार हुनुका साथै घटनामा भएको क्षतिको विवरण सङ्कलन भइरहेको प्रवक्ता काफ्लेले जानकारी दिए।

प्रदर्शनकारीले काठमाडौंलगायत देशका विभिन्न भागमा रहेका सरकारी संरचना र सवारीसाधनमा आगजनीसमेत गरेका छन् भने प्रहरीले काठमाडौंबाट ४० जना प्रदर्शनकारीलाई पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077