काठमाडौं । देशका विभिन्न स्थानमा जेनजी प्रदर्शनकारीमाथि सरकारको व्यापक दमनका कारण ठूलो मानवीय क्षति भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन् ।
देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग फोनमार्फत बन्द गरिएका सामाजिक सञ्जाल तत्काल खोल्न आग्रह गरेका थिए ।
देउवाले सोमबार बेलुकादेखि बन्द रहेका सबै सञ्जाल खोल्ने निर्णय मन्त्रिपरिषद् बैठकमार्फत गर्न प्रधानमन्त्री ओलीलाई सुझाएका थिए । तर, त्यसै दिन बसेको मन्त्रिपरिषद् बैठकले कुनै निष्कर्ष ननिकालेपछि देउवा प्रधानमन्त्रीलाई भेट्न पुगेका हुन् ।
त्यसै विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र प्रधानमन्त्री ओलीबीच चर्काचर्की भएको थियो ।
बालुवाटारमा हाल मन्त्री पौडेल, परराष्ट्रमन्त्री आरजु राणा लगायतका नेताहरू बैठकमा सहभागी छन् । यसैबीच, गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन् ।