Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

सरकारले भन्यो - जेनजीको मागलाई सम्बोधन गर्छौँ, सामाजिक सञ्जाल छिट्टै खुल्छन्

सरकारले भन्यो - जेनजीको मागलाई सम्बोधन गर्छौँ, सामाजिक सञ्जाल छिट्टै खुल्छन्

सोमवार , भाद्र २३, २०८२

काठमाडौँ । काठमाडौं र इटहरीमा सोमबार भएको प्रदर्शनमा १९ जनाको मृत्यु र ४ सयभन्दा बढी घाइते भएपछि सरकारले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने भएको छ ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जेनजीका मागअनुसार सामाजिक सञ्जाल छिट्टै खुल्ने बताएका हुन् ।

उनले भने, “सामाजिक सञ्जाल छिट्टै खुल्छन्। सरकारले जेनजीको मागलाई सम्बोधन गरी सामाजिक सञ्जाल खोल्ने निर्णय भइसकेको छ।”

सरकारले सूचीकरण प्रक्रियामा नआएको भन्दै गत बिहीबार रातिदेखि फेसबुक, एक्सलगायत दुई दर्जनभन्दा बढी सामाजिक सञ्जाल बन्द गरेको थियो। यस कदमले देशभर विद्यार्थी र युवाहरूमा व्यापक विरोध सिर्जना गरेको थियो ।

प्रहरीले प्रदर्शनकारीमाथि कडा दमन गरेपछि ठूलो मानवीय क्षति भएको छ । यस घटनापछि गृहमन्त्री रमेश लेखकले राजीनामा बुझाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077