काठमाडौं । मन्त्रिपरिषद् बैठक जारी भएको बेला कांग्रेस सभापति शेरबहादुर देउवा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्।
काङ्ग्रेस-एमाले सरकारको औचित्य नभएको भन्दै विपक्षीले समेत आलोचना गरेपछि दुई नेताहरू भेट गर्नका लागि जुटेका हुन् ।
जेनजी पुस्ताको प्रदर्शनमा हिंसात्मक घटना भएपछि सभापति शेरबहादुर देउवाले आकस्मिक रूपमा पार्टी पदाधिकारी बैठक समेत राखेका थिए। काङ्ग्रेस बैठकपछि बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको थियो।
यता काङ्ग्रेसबाट गृहमन्त्री बनेका रमेश लेखकले भने राजीनामा पत्र बुझाइसकेका छन्।
ओली सचिवालय सदस्यले भने- 'मन्त्रिपरिषद् बैठकपछि देउबा र प्रधानमन्त्री ओलीबीच छलफल हुन्छ। सायद सामाजिक सञ्जाल खुलाउने विषय र अन्य विषयहरू हुन् । सायद गृहमन्त्री को बनाउने भन्ने विषयमा पनि छलफल हुनेछ।'