Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

सामाजिक सञ्जाल नखोल्ने प्रधानमन्त्रीको संकेत, भन्छन् - मेरो पद गए खुसी हुन्छु, तर देशलाई हेप्नेसँग झुक्दिनँ

सामाजिक सञ्जाल नखोल्ने प्रधानमन्त्रीको संकेत, भन्छन् - मेरो पद गए खुसी हुन्छु, तर देशलाई हेप्नेसँग झुक्दिनँ

सोमवार , भाद्र २३, २०८२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकमा फेसबुक लगायत सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउन नसकिने बताएका छन् ।

सोमबार देशभर जेनजी प्रदर्शनकारीले सरकारको व्यापक दमनको विरोध गर्दै प्रदर्शन गर्दा काठमाडौँमा १७ र इटहरीमा २ गरी १९ जनाको मृत्यु भएको छ भने चार सयभन्दा बढी घाइते भएका छन् ।

यस्तो मानवीय क्षतिको बिच, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार बेलुकादेखि नै सामाजिक सञ्जाल तत्काल खोल्न प्रधानमन्त्री ओलीसँग आग्रह गरेका थिए ।

तर सोमबार साढे ७ बजे बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल खोल्न नसकिने हुन् । स्रोतका अनुसार मेटाले एक जना महिलाको नाममा पठाएको पत्रमा नेपालमा फेसबुक नचलाए पनि केही फरक नपर्ने, कम्पनी स्थापना गर्नैपर्छ भन्ने आवश्यक नभएको उल्लेख थियो ।

त्यसपछि प्रधानमन्त्रीले सामाजिक सञ्जाल खोल्न नसकिने निर्णयमा पुगेका हुन् । 'बरु मलाई कुनै जिम्मेवारीमा नरहँदा खुसी हुन्छु तर, देशलाई हेपेको मलाई सहन गाह्रो भयो । पीडा भयो,’ प्रधानमन्त्रीले बैठकको भनेका थिए ।

यस विषयमा कांग्रेस सभापति देउवा र प्रधानमन्त्री ओलीबीच बालुवाटारमा बैठक जारी रहेको छ । सरकारले दर्ता र सूचीकरण हुन नआएका मेटासहित २६ वटा सामाजिक सञ्जाल गत बिहीबारदेखि बन्द गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077