Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

प्रधानमन्त्री ओलीलाई ‘आतंकवादी’ को संज्ञा दिँदै बालेनले भने - तँ नेता त के मान्छे पनि बन्न सकेनस्

प्रधानमन्त्री ओलीलाई ‘आतंकवादी’ को संज्ञा दिँदै बालेनले भने - तँ नेता त के मान्छे पनि बन्न सकेनस्

मंगलवार , भाद्र २४, २०८२

काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि तीव्र आक्रोश पोख्दै उनलाई ‘आतंकवादी’ को संज्ञा दिएका छन् ।

सोमबार मध्यराति सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरिएको स्टाटसमार्फत शाहले प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै कठोर शब्द प्रयोग गरेका हुन् ।

बानेश्वरमा प्रदर्शनका क्रममा सुरक्षाकर्मीको गोली लागी युवाहरूको मृत्यु भएपछि प्रधानमन्त्री ओलीले दुस्ख प्रकट गरेका थिए। त्यसको केही क्षणमै शाहले प्रतिकृया दिँदै ओलीप्रति व्यक्तिगत टिप्पणी गर्दै आक्रोश व्यक्त गरेका हुन्।

शाहले ओलीलाई सन्तान नभएको प्रसङ्ग जोड्दै अरूका छोराछोरी गुमाउँदा हुने पीडा बुझ्न नसक्ने आरोप लगाएका छन्। उनले लेखेका छन्, “साँच्चै नै कहिले बा हुन पाएको भए पो छोराछोरीको मृत्युको पीडा बुझ्थिस्। तेरो भरौटेहरूको पो बा भइस्।”

त्यसैगरी उनले ओलीलाई ‘नेता बन्न नसकेको’ आरोप लगाउँदै भनेका छन्, “यस्तो आतंकवाद यो विश्वले कहिल्यै देखेको थिएन। तँ नेता त के मान्छे पनि बन्न सकिनस्, आतंकवादी होस्।”

सोमबार जेनजी आन्दोलनमा सरकारले दमन गर्दा १९ जना युवा मारिएका छन् भने घटनामा ४ सयभन्दा बढी युवा घाइते भएका छन्। उनीहरूको उपचार जारी छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077