Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

जेनजीलाई रविको जेलबाट सन्देश - म विक्षिप्त भएको छु, अब आततायीहरूलाई सत्तामा रहन दिनुहुन्न

जेनजीलाई रविको जेलबाट सन्देश - म विक्षिप्त भएको छु, अब आततायीहरूलाई सत्तामा रहन दिनुहुन्न

मंगलवार , भाद्र २४, २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले जेनजी प्रदर्शनमा भएको सरकारी दमनलाई “नेपाली इतिहासकै सबैभन्दा कालो दिन” को संज्ञा दिएका छन् ।

सोमबार नख्खु कारागारबाट जारी गरेको सन्देशमा उनले आफू स्तब्ध र विक्षिप्त भएको उल्लेख गर्दै सरकारमाथि तीव्र आक्रोश प्रकट गरेका हुन् ।

लामिछानेले भने, “म स्तब्ध र विक्षिप्त भएको छु, यो नेपाली इतिहासको सबैभन्दा कालो दिन हो। जेनजी र सिंगो देशलाई मेरो अपिल छ, अब आततायीहरूलाई एक मिनेट पनि सत्तामा रहन दिनुहुन्न ।”

उनले आरोप लगाए अनुसार, भदौ २३ गतेको प्रदर्शनमा राज्य शक्तिले १९ भन्दा बढी विद्यार्थीको ज्यान लिएको र सयौँलाई घाइते बनाएको छ।

“यी आततायीहरूले अबोध बालबालिकालाई ताकि–ताकी गोली हानेर मारिदिए। यिनीहरू अयोग्य, भ्रष्ट मात्र होइन अत्यन्तै क्रुर पनि हुन्,” उनले भने।

लामिछानेले सरकारलाई अपराधी मानसिकताबाट जन्मिएको र भय देखाएर टिकेको ‘इतिहासकै कलंक’ भएको टिप्पणी गरे। उनले यस सरकारलाई अब कुनै हालतमा सत्तामा टिक्न नदिने जनताको जिम्मेवारी भएको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077