काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले मंगलबार केन्द्रीय समिति बैठक बोलाएको छ ।
बैठक बनस्थलीस्थित पार्टी कार्यालयमा दिउँसो १ बजे बस्न लागेको हो ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल गरिने बताइएको छ ।
सोमबार भएको जेनजीको प्रदर्शनमा १९ जनाले ज्यान गुमाएपछि रास्वपाको बैठक बस्न लागेको हो।