Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

बानेश्वरमा भेला हुन थाले जेनजी, कर्फ्युबीच प्रदर्शनको तयारी

बानेश्वरमा भेला हुन थाले जेनजी, कर्फ्युबीच प्रदर्शनको तयारी

मंगलवार , भाद्र २४, २०८२

काठमाडौँ । काठमाडौंमा जेनजी पुस्ताले दोस्रो दिन पनि प्रदर्शन सुरु गरेका छन् । मंगलबार बिहानैदेखि नयाँ बानेश्वर क्षेत्रमा युवा भेला भएर नाराबाजी र प्रदर्शन गरिरहेका छन् ।

कर्फ्यु आदेश जारी गरिएको अवस्था हुँदाहुँदै पनि युवाहरू सडकमा उत्रिएपछि काठमाडौंमा थप तनाव सिर्जना भएको छ ।

सोमबारको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागी कम्तीमा १९ जनाको मृत्यु भएको थियो । साथै ४२१ जना घाइते भएका छन्, जसमा दर्जनौँको अवस्था गम्भीर रहेको बताइएको छ ।

स्थिति नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार बिहान ८ः३० बजेदेखि अर्को आदेश नआउँदासम्म लागू हुने गरी कर्फ्यु आदेश जारी गरेको छ। यस अवधिमा सार्वजनिक स्थलमा पाँच वा बढी व्यक्तिको भीड जम्मा हुन प्रतिबन्ध लगाइएको छ।

तर पनि जेनजी पुस्ताका युवाहरू नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शनमा उत्रनु राजधानीको वातावरण अझै अस्थिर र तनावपूर्ण बन्दै गएको संकेतको रूपमा लिइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077