काठमाडौं । नेकपा (माओवादी केन्द्र) लगायत विपक्षी दलहहरूको बैठक बस्दै छ । सिंहदरबारमा बैठक अहिले केहीबेरमा बस्न लागेको हो ।
पछिल्लो घटनाबारे छलफल हुने बताइएको छ । यता प्रतिपक्ष दलका नेताहरुको बैठकमा रास्वपा नजाने भएको छ ।
रास्वपाको प्राथमिकता बैठकभन्दा पनि आन्तरिक छलफलमा जुट्नु र पीडितहरुसँग उभिनु रहेको बताइएको छ ।
सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध र भ्रष्टाचारलगायत विषयमा जेनजी पुस्ताले सोमबार गरेको प्रदर्शनका क्रममा गोली लागेर १९ जनाको ज्यान गएपछि माओवादी केन्द्र, रास्वपा, संघीय लोकतान्त्रिक मोर्चामा आवद्ध मधेसकेन्द्रित दललगायत विपक्षी दलले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका छन् ।