Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

बाबुराम भट्टराईको जेनजीलाई अपिल - संघर्षलाई लक्ष्यमा नपुर्‍याएसम्म बीचैमा नछोड्नू

बाबुराम भट्टराईको जेनजीलाई अपिल - संघर्षलाई लक्ष्यमा नपुर्‍याएसम्म बीचैमा नछोड्नू

मंगलवार , भाद्र २४, २०८२

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले जेनजी आन्दोलनमा सहभागी युवाहरूप्रति हार्दिक श्रद्धा, समवेदना र समर्थन व्यक्त गर्दै महत्वपूर्ण सुझाव दिएका छन् ।

भदौ २३ गतेको जनप्रतिरोधमा शहीद भएका युवाप्रति उच्च सम्मान प्रकट गर्दै उनले आन्दोलनलाई लक्ष्यमा पुर्‍याउने दृढता अपनाउन अपिल गरेका हुन् ।

भट्टराईले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सन्देशमा भनेका छन्, “देशको नयाँ पुस्ताले नयाँ इतिहास निर्माणको सुरूवात गरेकोमा म गौरवान्वित छु। नेतृत्व इतिहासको आवश्यकता र आकस्मिकताले जन्मिन्छ। अहिले नेपालमा नयाँ नेतृत्वको उदय हुनु ऐतिहासिक महत्वको परिघटना हो।”

यस्तै उनले आन्दोलनलाई मार्गदर्शन दिने पाँच सुझाव पेस गरेका छन् । उनले जेनजी आन्दोलनले इतिहासमा नयाँ मोड ल्याएको भए पनि गलत तत्वहरूको प्रभावमा परे आन्दोलन नै भ्रमित हुन सक्ने चेतावनी दिए।

भट्टराईले अन्त्यमा भने, “तपाईंहरू सबैलाई पूर्ण सफलता र उज्ज्वल भविष्यको हार्दिक शुभकामना।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077