Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

अबोध युवाहरू मारिएको घटनाले रातभर सुत्न सकिन, प्रधानमन्त्रीले पद छाड्नुपर्छ : गगन थापा

अबोध युवाहरू मारिएको घटनाले रातभर सुत्न सकिन, प्रधानमन्त्रीले पद छाड्नुपर्छ : गगन थापा

मंगलवार , भाद्र २४, २०८२

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सोमबार दिउँसो जेनजी आन्दोलनमा युवाहरू मारिएको घटनाप्रति तीव्र आक्रोश व्यक्त गर्दै प्रधानमन्त्रीलाई तत्काल पदबाट राजिनामा दिन आह्वान गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले दमनको जिम्मा लिएर अबिलम्ब पद छोड्नुपर्ने बताएका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत बताएका छन्, “रातभर सुत्न सकिन । म जस्तै देशभित्र र बाहिर रहेको सिंगो नेपाल सुत्न सकेको छैन। अबोध युवाहरू अनाहकमा मारिएको क्रुर दृष्य आँखाअगाडि घुमिरहेको छ।”

थापाले घटना र त्यसप्रतिको सरकारी प्रतिकार्यलाई अपरिपक्व र अस्वीकार्य ठहर गर्दै भनेका छन्, “प्रधानमन्त्रीज्यूले यो दमनको जिम्मा लिएर अबिलम्ब पद छोड्नुपर्छ। नेपाली कांग्रेस एक दिन पनि यो परिस्थितिको सांक्षी र साझेदारका रूपमा रहन सक्दैन। तत्काल सरकारबाट फिर्ता हुनुपर्छ।”

उनले पार्टीको बैठकमार्फत यस विषयमा निर्णय गराउने पनि संकेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077