Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

चीन भ्रमण छोट्याएर स्वदेश फर्किँदै कोइराला, आफू पक्षका मन्त्रीलाई राजीनामा दिन निर्देशन

चीन भ्रमण छोट्याएर स्वदेश फर्किँदै कोइराला, आफू पक्षका मन्त्रीलाई राजीनामा दिन निर्देशन

मंगलवार , भाद्र २४, २०८२

काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले जेनजी प्रदर्शन हिंसात्मक बनेपछि आफू पक्षका मन्त्रीहरूलाई राजीनामा दिन तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।

स्रोतका अनुसार जेनजी प्रदर्शनपछि कांग्रेस सरकारमा बस्नु उपयुक्त नहुने ठहर गर्दै मन्त्रीहरूलाई तत्काल कदम चाल्न निर्देशन दिइएको हो ।

कोइरालाले तेजुलाल चौधरी, बद्री पाण्डे, रामनाथ अधिकारी लगायतका मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएका छन् । यसैगरी, प्रदीप पौडेलले पनि राजीनामा दिने सम्भावना रहेको बताइएको छ।

एक साताका लागि चीन भ्रमणमा रहेका कोइराला यस सन्दर्भमा भ्रमण छोट्याएर फर्कन लागेका छन् । यसअघि सोमबार रमेश लेखकले गृहमन्त्री पदबाट नैतिकताका आधारमा राजीनामा दिएका थिए ।

जेनजी पुस्ताको विरोध प्रदर्शनमा प्रहरीले प्रयोग गरेको बलमा हालसम्म १९ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ सयभन्दा बढी घाइते भएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077