काठमाडौं । कृषिमन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् । केही बेरअघि मन्त्री अधिकारीले पदबाट राजीनामा दिएका हुन् ।
नेता शेखर कोइरालाले चीनबाटै राजीनामा दिन निर्देशन दिएपछि उनीनिकट मन्त्री अधिकारीले राजीनामा दिएको बताइएको छ ।
सोमबार जेन(जी आन्दोलनमा सरकार दमन गर्दा १९ युवा मारिएपछि चीनमा रहेका कांग्रेस नेता कोइरालाले आफ्नो समूहका तर्फबाट मन्त्री रहेकाहरूलाई राजीनमाा दिन निर्देशन दिएका हुन्।
शेखर समूहबाट सरकारमा रहेका अन्य मन्त्रीमा बद्री पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र तेजुलाल चौधरी युवा तथा खेलकुद मन्त्री छन्।
कांग्रेसबाटै गृहमन्त्री बनेका रमेश लेखकले त घटनाकै दिन सोमबार साँझ पदबाट राजीनामा दिइसकेका छन्।