काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेनजीलाई आन्दोलन बीचैमा नछोड्न आग्रह गरेका छन् । आन्दोलनलाई लक्ष्यमा पुर्याउन उनको सुझाव छ ।
भट्टराईले सामाजिक सञ्जाल एक्समा लेखेका छन्- 'आन्दोलनलाई लक्ष्यमा नपुर्याएसम्म बीचैमा छोड्नुहुन्न । अधिकतम र न्यूनतम लक्ष्य किटान गरेर र शक्तिसन्तुलनको हिसाब गरेर नेतृत्वले सुझबुझपूर्ण निर्णय गर्नुपर्छ । आन्दोलनमा गलत तत्वहरूको घुसपैठ हुन नदिन र भेडाको छाला ओढेर आउने ब्वाँसाहरूलाई समयमै चिन्न अत्यधिक सतर्कता अपनाउनुपर्छ घुसपैठ भइहाले त्यसलाई तत्कालै रोक्ने पूर्वयोजना बनाइराख्नुपर्छ ।'
जेनजीलाई शान्तिपूर्ण आन्दोलनमा दृढ रहन भन्दै उनले कसैको वहकाउमा नआउन समेत आग्रह गरेका छन् ।