Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

प्रधानमन्त्रीको राजीनामा माग्दै विश्वप्रकाशले भने – जेनजीसहितको नवीन राष्ट्रिय सहमति निर्माण गरौँ

प्रधानमन्त्रीको राजीनामा माग्दै विश्वप्रकाशले भने – जेनजीसहितको नवीन राष्ट्रिय सहमति निर्माण गरौँ

मंगलवार , भाद्र २४, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्रीलाई तत्काल राजीनामा दिन आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल एक्समार्फत उनले आन्दोलनका क्रममा अबोध युवाहरूको ज्यान गएको घटनाप्रति गहिरो पीडा व्यक्त गर्दै प्रधानमन्त्रीको राजीनामा मागेका हुन् ।

'प्रधानमन्त्रीज्यू, तत्काल राजीनामा दिनुस् । अबोध युवाहरूको अमूल्य जीवनको निर्मम समाप्ति असहनीय भएको छ,' शर्माले लेखेका छन् ।

साथै उनले वर्तमान संकटको समाधानका लागि दुईवटा ठोस प्रस्तावसमेत अघि सारेका छन् ।

पहिलो, जेनजी पुस्तालाई समेत समेटेर नवीन राष्ट्रिय सहमति निर्माण गर्नुपर्ने र दोस्रो, सम्पूर्ण उच्च नेतृत्वको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गरी भ्रष्टाचारका प्रत्येक मुद्दामा कठोर कानुनी कारबाही सुनिश्चित गर्नुपर्ने माग उनले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077