Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राजीनामा दिँदै

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राजीनामा दिँदै

मंगलवार , भाद्र २४, २०८२

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पनि राजीनामा दिने भएका छन्।

सोमबार जेनजीको प्रदर्शनका क्रममा सरकारको दमनका कारण १९ युवाले ज्यान गुमाएपछि सरकारको चौतर्फी आलोचना भएको छ।

उनले भने 'यस्तो अवस्थामा सरकारमा बसिरहनु जरुरी भएन, राजीनामा दिँदैछु।'

यसअघि कृषिमन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् । यस्तै कांग्रेसबाटै गृहमन्त्री बनेका रमेश लेखकले त घटनाकै दिन सोमबार साँझ पदबाट राजीनामा दिइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077