काठमाडौं । हिजो जेनजी पुस्ताले गरेको आन्दोलनमा गरिएको चरम दमनको प्रतिरोधमा आज उत्रिएको आन्दोलनकारीले नेताहरुको निवास जलाउन थालेपछि नेताहरु भागाभाग गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली समेत नेपाली सेनाको हेलिकोप्टरबाट भाग्ने तयारी गरेको स्रोतको दावी छ ।
भैंसेपाटिस्थित मन्त्रीहरुको क्वार्टर जलाएपनि शिर्ष नेताहरु समेत हेलिकोप्टरमा भाग्ने तयारीमा छन् ।
सेनाको एउटा हेलिकोप्टर भैँसेपाटी उडेको छ । दुई हेलिकोप्टर बालुवाटारमा सामान ओसार पोसारमा लागेको छ ।